३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बलिउड अभिनेता खेरले गरे पशुपतिनाथको दर्शन



१९ असोज ०७८, काठमाडौं ।  नेपालमा रहेका बलिउड अभिनेता अनुपम खेरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । अभिनेता खेरले आज बिहान पशुपति नाथको दर्शन गरेको सार्वजनिक भिडियोमा बताएका छन् ।

खेरले भिडियोमा पशुपतिनाथको मन्दिर दर्शन गर्न पाएकोमा आफूले धन्य महसुस गरेको बताएका छन् । उनले सबैको सबैको सुस्वास्थ्य र शान्तिको कामना गर्दै, “काठमाडौंको चर्चित पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा धन्य महसुस गरिरहेको छु । मैले सबैको राम्रो स्वास्थ्य र शान्तिको लागि प्रार्थना गरेको छु । म धेरै खुसी छु,” उनले भनेका छन् ।

फिल्म ‘उचाई’ को सुटिङका लागि उनी नेपालमा रहेका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ४ : २६ बजे