१७ कार्तिक २०८१, शनिबार | Sun Nov 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


हनुमानढोकामा राखियो जमरा



२१ असोज ०७८, काठमाडौं । काठमाडौँको हनुमानढोका दरबारमा रहेको दशैँ घरमा जमरा राखिएको छ । विधिपूर्वक रुपमा पूजापाठ गरि बिहीबार मध्यान्ह जमरा राखी शक्तिस्वरूपा दुर्गा देवीको पूजा आराधनासमेत गरिएको छ ।

बिहान ११ बजेर ४६ मिनेटमा दसैं घरमा जमरा राखिएको हो । जमरा राख्नेक्रममा नेपाली सेनाले मंगल धुन बजाएको थियो र अवसरमा बन्दुक पड्काएर बढ्याइँ गर्ने प्रचलन रहँदै आएको छ । बिहीबार बिहान चित्रा नक्षत्र र वैधृति योगको पूजा एवं हवन गरी समितिले दिएको साइतमा घटस्थापना गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले बताए ।

दसैँ घरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ । कोरोना जोखिम कायमै रहे पनि यस वर्ष महानवमीका दिन हनुमानढोकाको कोतमा दिइने ५४ बोका र ५४ राँगासहितको बलि दिइने भएको छ ।

कोरोना महामारीका कारण गत वर्ष बलि स्थगित गरिएको थियो । यस वर्ष स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर बलिसहित पूजा आराधना गरिनेछ ।

 

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ४ : ३५ बजे