८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


क्यानको साधारणसभा मंसिरमा(निर्णयसहित)




२१ असोज ०७८, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्ललाई कार्यबहाक सचिवको जिम्मेवारी दिएको छ । केन्द्रीय कार्यसमितिको बैठकले मल्ललाई कार्यबहाक सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।

क्यानका उपाध्यक्ष राजाबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले गत हप्ता पदबाट राजीनामा दिएका थिए । राजीनामा दिएपछि पहिलो पटक बसेको बैठकले दुवै जनाको राजिनामा स्वीकृत गर्दै लामो समयसम्म क्रिकेटमा गरेको योगदानका लागि धन्यवाद भनेको छ । यसैगरी क्यानको बार्षिक साधारणसभा आगामी मंसिर २९ गते वार्षिक साधारणसभा गर्ने पनि निर्णय गरेको छ ।

 

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ५ : २८ बजे