८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं महानगरमा आजदेखि दसैँलक्षित कोरोना विरुद्धको खोप अभियान



फाइल तस्बिर

२२ असोज ०७८,काठमाडौं । काठमाडौँ महानगरपालिकाले १८ वर्षमथिका सबै नागरिकलाई आजदेखि दसैँलक्षित कोरोना विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि खोप केन्द्र रहेका ३२ वटै वडाका खोप केन्द्र र केही थप गरिएका केन्द्रबाट यही असोज २४ गतेसम्म भेरोसेलको पहिलो मात्रा खोप कार्यक्रम सञ्चालन गर्ने जनाइएको हो ।
महानगरपालिका ३२ खोप केन्द्रबाहेक नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालबाट नागरिकले सेवा लिन सक्नेछन् । महानगर जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले भने, “स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने गराउने अनुरोधसँगै १८ वर्षमाथिका सबैका लागि तीनदिने खोप कार्यक्रम चलाउन लागेका हौँ ।”
खोप लगाउनका लागि परिचय खुल्ने फोटोसहितको परिचयपत्र र विद्युतीय दर्ता नम्बरसहित नजिकको खोप केन्द्रमा जान महानगरपालिकाको आग्रह छ । खोप कार्यक्रम विहान १०ः०० देखि अपरान्ह ४ः०० बजेसम्म सञ्चालन हुनेछ । विद्युतीय दर्ता नम्बरका लागि वेबसाइटबाट सेवा लिन सकिने व्यवस्था छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ९ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।