२२ असोज ०७८, भक्तपुर । भक्तपुरमा रहेको रानीपोखरी प्रवेशद्धार र फल्चाको शिलान्यास गरिएको छ । वडा नं. १ सल्लाघारीस्थित भक्तपुरको ऐतिहासिक रानीपोखरीको उत्तरपूर्व प्रवेशद्धार र पाटी निर्माण कार्यको बिहीबार एक कार्यक्रम विच नगर प्रमुख सुनिल प्रजापतिले शिलान्यास गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रजापतिले सन् १६८६ मा राजा जगज्योर्ति मल्लको पालामा बनेको भक्तपुरको रानीपोखरीले भक्तपुरको सुन्दरता अझ बढाएको र देशकै सुन्दर नगरको रुपमा विकास गर्न नगरपालिका निरन्तर लागिरहेको बताए ।
भक्तपुरमा रहेको सांस्कृतिक एवम् पुरातात्विक सम्पदाको सुन्दरतालाई आर्थिक स्रोतमा रुपान्तरण गर्न सकिने भएकोले यहाँका सम्पदाहरु पुनःनिर्माण गर्दै आएको बताए ।
प्रतिक्रिया