८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दक्षिण ललितपुरको कोञ्ज्योसोममा दशै अघि नै कोरोना खोप



२२ असोज ०७८, ललितपुर । दक्षिण ललितपुरको कोञ्ज्योसोम गाँउपालिकामा यही आइतबार र सोमबार कोरोना विरुद्धको खोप लगाइने भएको छ । १८ बर्ष नाघेका गाँउपालिका क्षेत्रमा बसोबास गर्ने सबै बासिन्दाले परिचयपत्रका साथ स्वास्थ्य केन्द्रपुगेर विहान १० बजेबाट साँझ ४ बजेसम्म खोप लगाउन पाउनेछन् ।
गाँउपालिकाको पाँच वटौ वडा चौघरे,भारदेउ,शंखु,दलचोकी र नल्लुमा रहेका स्वास्थ्य केन्द्रहरुमार्फत कोरोनाको भेरोसिल खोप लगाउन लागिएको हो
पालिकाका स्वास्थ्य शाखा प्रमुखका अनुसार दशैंको भीडभाड बढ्न सक्ने र त्यसबाट बच्न दशैं अघि नै कोरोना खोप लगाउन लागिएको हो ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ११ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।