२२ असोज ०७८,ललितपुर । दक्षिण ललिपुरको वागमती ४ प्युटारका विजयकुमार स्याङ्ताले स्थानीय काँग्रेस कार्यकर्ता मुक्तिलाल स्याङ्तान र विक्रम घलानलाई एमालेमा प्रवेश गरेको भन्दै विवाद गरेपछि भएको झडपमा स्याङ्ता गम्भिर घाइते भएका छन् ।
आक्रमणपछि घाइते स्याङ्तानलाई उपचारका लागि ललितपुरको ग्वार्कोस्थित बिएन्ड बि भर्ना गरिएको छ ।
प्रहरी चौकी आश्राङका सइ रामदेव चौधरीले प्युटार, खयरघारिमा मादक पदार्थ सेवन गरेर एमाले र काङ्ग्रेस कार्यकर्ताबिच विवाद भएको र स्याङ्तानमाथि आक्रमण झडप भएको बताए ।
केही समयअघि नेपाली काँग्रेसबाट नेकपा एमालेमा प्रवेश गरेका मुक्तिलाल स्याङ्तान र विक्रम घलानले राजनितिक बिषयलाई लिएर विजयमाथि आक्रमण गरेको वागमती ४का वडाध्यक्ष नारायणबहादुर घलेले ललितपुर खबरलाई बताए ।
विहीबार दिउँसो पार्टी आक्रमण गरेर घाइते बनाएको वडाध्यक्ष घलेको भनाई छ । उनले भने, उनीहरु अलि उग्र किसिमका नै हुन् । हरेका कुराको विधि विधान हुन्छ त्यसरी आक्रमण नै गर्न चाही नहुने थियो ।
आक्रमणबाट स्याङ्तान घाइते भएपछि बिक्रम र मुक्तिलाललाई थप अनुसन्धानको लागि महानगरिय प्रहरी वृत चापागाउँ ल्याइएकोे डीएसपी टेकबहादुर कार्कीले बताए ।
२२ आश्विन २०७८, शुक्रबार
0
Shares
प्रतिक्रिया