२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विचार


दशैँ र कोरोना संक्रमण ?



लगनखेलमा दशैंको किनमेल गर्नेको भीड ।
दशैँ भित्रिएसँगै अहिले शहर बजारमा किनेमेल गर्नेको भिड लागेको छ भने काठमाडौं छोड्ने पनि बढ्दै गएका छन् । गत वर्षहरुमा कोरोनाका कारण दशैँ जोखिम रहेको थियो । यो वर्ष के कस्तो छ । यस्तो छ डा. रवीन्द्र पाण्डेको केहि सुझाव
अहिले कोरोना महामारी घट्दो ट्रेन्डमा छ | यसका मुख्य कारणहरु :
१. ठूलो जनसंख्याले खोप लगाउनु ( खास गरेर चलायमान जनसंख्याले खोप लगाउनु ) |
२. नाकमुख छोपिने गरी मास्क लगाउनेको संख्या अत्यधिक हुनु |
३. नयाँ प्रजातिको भाइरस नआउनु |
४. थाहा भएर वा नभएर पनि ठूलो जनसंख्या दोस्रो लहरमा संक्रमित हुनु |
.
खोपले कस्तो काम गरेको छ ?
खोप लगाएपछि संक्रमण सरेका ९८ % लाई सामान्य असरमात्र देखिएको छ | अस्पताल भर्ना हुनु परेको छैन | ठूलो जनसंख्यालाई कोरोना सरेपनि थाहा भएको छैन | रुघाखोकी होला भनेर आराम गर्दा निको भएको छ | खोप लगाएका मान्छेले अन्य व्यक्तिलाई संक्रमण सार्ने सम्भावना अत्यन्त न्यून छ |
.
दशैंमा बाहिर जान कति सुरक्षित छ ?
यसपटक जनस्वास्थ्यका मापदण्ड पालना गरेर गाउँ जान सुरक्षित छ | सहरबाट गाउँ जाने अधिकांश व्यक्तिले खोप लगाएका छन् | गाउँमा पनि जोखिम र चलायमान बर्गले खोप लगाएको छ | तसर्थ यो पटकको दशैं सुरक्षित छ |
.
तेस्रो लहर कहिले आउला ? कस्तो होला ?
.
स्वास्थ्य मन्त्रालयले असोजको १५ देखि तेस्रो लहर सुरु हुन्छ भन्दा हामीले हुँदैन भनेका थियौं | यदि मापदण्डमा हामीले ख्याल गरेनौं र भाइरसको नयाँ प्रजाति देखा पर्यो भने जाडो महिनामा तेस्रो लहर सुरु हुनसक्छ | सरकारले त्यो बेलासम्म देशभर दुइतिहाई जनसंख्यालाई खोप लगाउने तयारी गरेको छ | तसर्थ तेस्रो लहर आएपनि क्षति निकै कम हुन्छ |
.
बालबालिकालाई तेस्रो लहरले कति असर गर्छ होला ?
अहिले पनि बालबालिका संक्रमित भइरहेका छन् | ९८ % संक्रमित बालबालिका घरमै निको भएका छन् | यसै पनि बालबालिकामा संक्रमणविरुद्ध लड्ने शक्ति राम्रो हुन्छ | तसर्थ तेस्रो लहरमा बालबालिकालाई त्यति ठूलो असर गर्दैन |
कुनै दीर्घरोगका बालबालिकालाई खोप दिने हो भने बालबालिका अस्पताल भर्ना हुने अवस्था नगन्य हुनेछ |
किन सतर्क रहनुपर्छ त ?
भाइरसको म्युटेसन भइरहने तथा यो क्रममा कडा प्रजाति आयो भने त्यो लहर घातक हुनसक्छ | यस्तो प्रजाति आउंछ कि आउदैन ? कहिले आउँछ ? कसैलाई पनि थाहा छैन | जसरी पहिलो लहरमा दैनिक संक्रमितको संख्या ५० – १०० थियो अहिले दैनिक त्यो भन्दा दशौँ गुणा बढी संक्रमितको संख्या बिध्यमान छ | तसर्थ नाक र मुख टपक्क छोपेर मास्क प्रयोग गर्ने हो र खोप लगाउने हो भने संक्रमण सर्ने वा सरेपनि गम्भीर हुने अवस्था आउदैन |
निर्माण क्षेत्रमा काम गर्ने मजदुर, भारतीय मजदुर, फोहोरमैला ब्यबस्थापनमा काम गर्ने व्यक्ति आदि खोपको पहुँच बाहिर छन् | तसर्थ सरकारले उनीहरु लक्षित बिशेष खोप अभियान संचालन गर्नुपर्दछ |
हवाईजहाजबाट नेपाल आउने व्यक्तिले खोप लगाइसकेका तथा पिसिआर टेस्ट अनिबार्य गर्नुपर्ने प्राबधानको कारण यो मार्गबाट आउने व्यक्तिबाट कोरोना फैलिने सम्भावना कम छ |
भारतको युपी तथा बिहारका गाउँमा अझैपनि खोप सर्वसुलभ छैन | तसर्थ स्थलमार्गबाट नेपाल आउने व्यक्तिलाई सिमानामै सिंगल डोज खोप लगाउने ब्यबस्था गर्ने हो भने हामी थप सुरक्षित हुन्छौं }
एकपटक सबै नेपालीले खोप लगाएपछि बुस्टर डोज सुरु गर्नुपर्दछ | यो हुनसक्यो भने हामी निकै सुरक्षित हुन्छौं |
कृपया दशैंमा बसमा बस्दा मास्क र स्यानिटाइजरको प्रयोग गर्ने, झ्याल खुला राख्ने गर्नुहोला | गाउँमा पनि भीडभाड नगर्ने, मास्क सहि तरिकाले लगाउने गर्नुभयो भने यो पटकका चाडपर्व मनाउन डराउनु पर्दैन |

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  १० : ३० बजे