५ भदौ २०८३, शुक्रबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको ग्वार्कोनजिकै एक टहरामा आगलागी, पाँच जना घाइते



ललितपुर
२३ वैशाख । ललितपुरको ग्वाको नजिकै एक टहरामा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका छन् ।
प्रहरीका अनुसार मोबिल स्टोर रहेको ललितपुर महानगरपालिका १७ स्थित एक टहरोमा आइतबार आगलागी पाँच जना घाइते भएका हुन् ।

घाइते हुनेमा सन्जय गिरी उनकी श्रीमती रुपा गिरीसँगै उनीका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा रहेका छन् ।
ललितपुर प्रहरीका अनुसार घाइते पाँचै जनाको किस्ट अस्पताल ग्वार्कोमा उपचार भइरहेको छ ।

मोबिल स्टोर भएकाले टहरोमा अहिले आगो दनदनी बलिरहेको छ ।
आगो नियन्त्रणको लागि स्थानीय प्रहरी र दमकलले प्रयास गरिहेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ६ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।