२४ असोज ०७८,ललितपुर । ललितपुरको धापाखेलबाट उक करोड भन्दा धेरै मूल्य बराबरको म्याग्नेटिभ भल्ब, चेक ब्रास र ब्रास जेट भल्ब चोरी भएको छ । प्रहरीका अनुसार ललितपुर महानगरपालिका २३ धापाखेलस्थित शर्मा एण्ड कम्पनी प्रालिको गोदामबाट १७ हजार ७ सय ८६ थान म्याग्नेटिभ भल्ब, १५ हजार ५ सय ३९ थान चेक ब्रास र ५ हजार ३ सय ६८ थान ब्रास जेट भल्ब गरी करिब १ करोड १० लाख ३८ हजार ३ सय ३४ रुपैयाँ मूल्य बराबरको धनमाल शनिबार दिउँसो चोरी भएको छ ।
चोरी गर्ने व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका जानकारी दिएकोे छ ।
२४ आश्विन २०७८, आइतबार
0
Shares
प्रतिक्रिया