२१ माघ २०८२, मंगलबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दलित समुदायलाई दसैँ मनाउन समस्या



दशैंको टिका जमरा । तस्विर ः प्रेम मोक्तान

२८ असोज ०७८,हुम्ला । हुम्लाका दलित समुदायलाई आर्थिक अभावका कारण दसैँ मनाउन असहज भएको छ । कोरोना महामारीका उनीहरु बेरोजगारीमा बस्न बाध्य छन् । दसैँका आर्थिक स्रोत जुटाउन उनीहरुले आफ्नो घरमा राखेको सुन समेत कर्जामा राखेका जनाइएको छ ।
ताँजाकोट वडा २ का सिमान विश्कर्माले दसैँ मनाउँनका लागि चरम आर्थिक अभाव भएको गुनासो गरेका छन् । उनले भने,“ म सधै कमाई गर्न भारत जान्थे । गत वर्ष र यस वर्ष कोरोना महामारीको डर लागेर जान पाइएन । श्रीमतीको कानमा लगाउने आधा तोलाको सुनको गहना विक्री गरेर दसैँ मनाउने जोहो छु । ”
वर्षको एक पटक आउने चाड भएका कारण सबैको घरमा मीठो मसिनो खाएर रमाउने देखेर आफुले पनि घरमा जे जति भएको त्यहि सुनको गहाना विक्री गरेर दसैँ मनाउन लागेको उनको भनाइ थियो । उनले भने, “ रोजगारीका लागि भारत, चीन लगायतका देशमा गएर काम गरेर दसँै मनाउन पैसा कमाइन्थ्यो । यस वर्ष त्यसो हुन सकेन् । ”
यस्तो पीडा उहाँको मात्र नभई जिल्लाका अन्यको पनि उस्तै छ । सिमकोट गाउँपालिका वडा ६ का रामबहादुर सुनारले यस वर्षको दशैँ आर्थिक अभावका कारण मनाउन नसकिएको बताए ।
दशैँमा निको नौलो, मिठो मसिनो खाने रहरमा राष्ट्रिय बाणिज्य बैँकमा सुन राख्न जाँदा बैँकले सुन नराखेपछि यस वर्षको दसैँ दसा जस्तै भएको उहाँको गुनासो छ । कोरोना कहरका कारण यहाँको हिल्सा नाका नखुलेपछि यस वर्ष खसिको मूल्य पनि यहाँ आकासिएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहिबार  १२ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।