८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


नेपाल र भारतबीच फुटवल भिडन्त आज



फाइल तस्विर

३० असोज ०७८, काठमाडौं । नेपालर भारतबीच साफ च्याम्पियनसिपको फुटवल खेलको फाइनलमा आज भिडन्त हुने भएको छ । आज नेपाली समय अनुसार शनिबार राति पौने ९ बजे माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा फाइनल भिडन्त सुरु हँुदैछ ।
शुक्रबार प्री–म्याच कन्फरेन्समा बोल्दै नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले भारतविरुद्ध शनिबार हुने साफ च्याम्पियनसिपको फाइनलमा गोर्खालीको शैलीमा खेल्ने बताएका छन्।
उनले भनेका छन्, ’ जितका लागि हामी सबैथोक दिन्छौँ । हामी गोर्खाली शैलीमा खेल्छौँ।’ यस अघिको लिग चरणको खेलमा नेपालभारतसँग १–० पराजित भएको थियो । नेपालले त्यो लिग चरणको हारको बदला लिने दाउमा छ । यस पटक माले रंगशालामा उदाधि उचालेको खण्डमा नेपालले इतिहास बनाउदै पहिलोपल्ट उचाधि चुम्नेछ ।
नेपाली राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठले साफ च्याम्पियनसिपमा भारतविरुद्धको फाइनलमा खेल्न सबै हिसाबमा टिम तयार रहेको बताएका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ६ : २७ बजे