२ कार्तिक ०७८, ललितपुर । ललितपुरका परिचित व्यवसायी रमेश महर्जनको कोरोना संक्रमण पछि मृत्यु भएको छ ।
पारिवारिक श्रोतका अनुसार उनकी श्रीमती सहित परिवारका अन्य सदस्यहरुलाई कोरोना संक्रमण भएपछि गत असोज २६ गते रमेशलाई पनि कोरोना देखिएको थियो । उनको ललितपुरभैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारका पछि सोमबार विहान मृत्यु भएको हो । ५६ बर्षिय रमेशको शव आज मंगलबार अत्येष्टि गर्नेकार्यक्रम रहेको छ ।
महर्जन साझा पार्टीका केन्द्रिय सदस्यसमेत हुन् । उनी गत स्थानीय निर्वाचनमा मेयर पदमा समेत उठेका थिए । नेपाल श्रीलंका चेम्बर अफ कर्मसका अध्यक्ष रहेका महर्जन आरबी डाइमण्ड ज्वेलर्सका सञ्चालक तथा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष हुन् ।
महर्जनका एक छोरा र दुई छोरी छन् ।
२ कार्तिक २०७८, मंगलबार
0
Shares
प्रतिक्रिया