२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको शंखमुलमा विद्युतिय घाट निर्माण हुँदै




ललितपुर खबर
३ कार्तिक ०७८, ललितपुर । ललितपुरको शंखमुलमा विद्युतीय शवदाहका लागि विद्युतीय घाट निर्माण हुने भएको छ । ललितपुर महानगरले महानगरको ११ नम्बर वडामा निर्माण गर्ने यस विद्युतीय घाट निर्माणमा एभरेष्ट बैंकले एउटा मेसिन र १ सय फिटको चिम्नी उपलव्ध गराउने भएको छ ।


मंगलबार ललितपुर महानगरमा भएको सहयोग हस्ताक्षर कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र महानगरका मेयर चिरीबाबु महर्जनले हस्ताक्षर गरेका छन् ।
महानगरका मेयर महर्जनले एक जना व्यक्ति मृत्यु हुँदा एउटा रुख प्रयोग हुने अवस्था अन्त्य गर्न विद्युतीय मेसिन जडान गर्न लागिएको बताए । उनले भने, सँगै अर्को दाउराबाट चल्ने घाटपनि हुनेछ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बैंकको २५ औं बार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत यो सहयोग उपलव्ध गराएको बताएको छन् । बैंकले ७८ लाख बराबरका यी सामाग्री उपलव्ध गराउने बताइएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ५ : ३८ बजे