१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


खुल्यो काठमाडौंको मौसम, झममल्ल लाग्यो घाम



फाइल तस्विर : धापाखेलबाट देखिएको मनास्लु  हिमाल।

४ कार्तिक ०७८, ललितपुर । शनिबारदेखि विग्रेको काठमाडौंको मौसम आज विहीबारबाट खुलेको छ । पछिल्ला केही दिनदेखि नेपालकोपश्चिमी क्षेत्रमा बाढी पहिरो जाँदा ९२ जनाको ज्यान गएको थियो ।
बिहीबारबाट मौसममा केही सुधार आएको मौसम पूर्वानुमान महाशाखाको भनाई छ । महाशाखाका अनुसार अब हिजोअस्तीजस्तो अतिभारी वर्षाको सम्भावना छैन तर दिउँसो तिर केही क्षेत्रमा वर्षा हुने विभागको आँकलन छ ।
महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राति प्रदेश १ र गण्डकीका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा वर्षाको सम्भावना छ । शुक्रबार प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा सामान्य तथा सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती र गण्डकीका एक÷दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ ।

मौसम विश्लेषण (Meteorological Analysis)

हाल भारतको बिहारमा  रहेका न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status)

https://www.youtube.com/@lalitkhabar

हाल देशभर आन्शिक देखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ कार्तिक ०४ गते (बिहिवार)

दिउँसो: देशभर आंशिक देखि सामान्य वदली रहने छ। प्रदेश १, बागमती र गण्डकी  प्रदेशहरुका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आंशिक देखि सामान्य वदली रहने छ। प्रदेश नं १ र गण्डकी  प्रदेशहरुका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७८ कार्तिक ०५ गते (शुक्रवार)

दिउँसो: प्रदेश न १, प्रदेश न २, वागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य वदली र सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य वदली रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आन्शिक देखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७८ कार्तिक ० गते (निवार)

दिउँसो: देशभर आंशिक देखि सामान्य वदली रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आंशिक देखि सामान्य वदली रहने छ।  बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

देशभर आंशिक देखि सामान्य वदली रही प्रदेश नं १, बागमती प्रदेश र गण्डकी  प्रदेशहका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ७ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।