८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


हुण्डीको कारोवारको आधारमा भक्तपुरबाट एक युवक ८० लाखसहित पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

४ कात्तिक ०७८, भक्तपुर । मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीबाट स्रोत नखुलेको ८० लाख रूपैयाँ सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार काठमाडौं कोटेश्वर बस्ने बाग्लुङ गल्कोट नगरपालिका १० पाण्डवखानी घर भएका ३६ वर्षीय चित्र बहादुर पुन मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
लोकन्थली मनहरा आँखा अस्पताल नजिक हुण्डीको कारोवार भईरहेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले मगरलाई बा.४९ प ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख रूपैयाँ सहित नियन्त्रणमा लिई अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप नगद ५० लाख रूपैयाँ फेला पारेको प्रहरीको भनाई छ ।
उनलाई आवश्यक कारवाहीको लागि सम्पत्ति शुद्धिकरण बिभाग हरिहरभवन ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  १ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।