२५ पुस २०८१, बिहिबार | Fri Jan 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरका यी ठाँउमा हुदैछन् एमालेको वडाअधिवेशन




६ कार्तिक ०७८, ललितपुर । आज बाढी प्रभावित बाहेक देशभर एमालेको वडा अधिवेशन अधिवेशन सुरु हुदैछ । यसै क्रममा ललितपुरका सबै वडामा अधिवेशन गर्ने कार्यक्रम तय भएको नेकपा एमाले ललितपुरले जानकारी दिएको छ ।
पार्टीको केन्द्रिय कार्यालयले सबै स्थानीय तह र वडा कमिटिहरुलाई ८ बुँदे परिपत्र जारी गरेसँगै वडाअधिवेशन सुरु हुन लागेको हो । पार्टी सचिव शेरबहादुर तामाङद्वारा जारी परिपत्रमा अधिवेशन सञ्चालन गर्नका लागि जिल्ला कमिटिका पदाधिकारीहरुलाई पालिका र वडा अशिवेशनको सहजीकरणको जिम्मेवारी दिने उल्लेख गरिएको छ ।
गोदावरी १० को वडा अधिवेशन टाहाखेलस्थित वेलकम पार्टी प्यालेसमा विहान साडे सात बजे हुने भएको छ । गोदावरी ५ लेले टिकाभैरवको वडाको अधिवेशन भने मल्ल होटलमा हुने भएको छ ।
गोदावरी चापागाँउको ११ नम्बर वडाको भने बज्रवाराहीस्थित फुलवारी पार्टी प्यालेसमा वडा अधिवेशनको कार्यक्रम राखिएको छ ।
त्यसैगरी महाकाल गाँउपालिकाको १ बुखेलको वडा अधिवेशन भने कालिदेवि माविमा हुने तय भएको छ ।
गोदावरी ४ बडीखेलको वडा अधिवेशन विहान साडेसात बजे घट्टेकुलास्थित रेड चिल्ली रेष्टुरेण्टमा हुने तय भएको छ । गोदावरी १२ ठेचोको वडा अधिवेशन भने डि जी पार्टी प्यालेसमा विहान साढे सता बजे हुँदैछ ।
ललितपुर महानगर ५ को वडा अधिवेशन महालक्ष्मीस्थित डिलाइट पार्टी भेन्युमा विहान ७ बजेबाट सुरु हुँदैछ । गोदावरी १३ झरुवाराशीको वडा अधिवेशन नवज्योति स्कूलमा विहान ७ बजे अधिवेशन हुँदैछ । गोदावरी ३ गोदावरीको वडाअधिवेशन गोदावरीस्थित सनराइज भवनमा ११ बजे हुँदैछ ।
वागमती गाँउपालिका ३ को वडाअधिवेशन छपेलीस्थित वडा कार्यालयमा विहान ११ बजे हुँदैछ ।
आजै इन्टरनेटको पहुँच भएका वडा र पालिकाहरुमा पार्टी केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम छ । यसका लागि ५ ओटा लिंक पठाइने र सम्भव भएसम्म अधिवेशन हलमा स्क्रिनको व्यवस्था गर्न र सम्भव नभए मोबाईलबाट लिंक जोडेर लाउड स्पिकर गरी अधिवेशन हलमा सुनाउन अपिल गरिएको छ ।
अधिवेशनबाट कमिटि चयन गर्दा सकेसम्म सर्वसम्मत प्रकृयाबाट चयन गर्न र सर्वसम्मत हुन नसकेको खण्डमा निर्वाचनको प्रकृया अपनाउन निर्देशन दिईएको छ ।
निर्वाचनको लागि पार्टी केन्द्रिय निर्वाचन आयोगले तयार पारेको वडा/शाखा र पालिका/इलाका निर्वाचनसम्बन्धी सामान्य मार्गदर्शन २०७८ जारी गरिएको छ ।

महालक्ष्मी नगर को १ नम्बर वडाअधिवेशन इमाडोलस्थित साम’दायिक भवनमा विहान ११ बजे हुँदैछ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ६ : ३० बजे