५ कात्तिक ०७८, काठमाडौं । काठमाडौंका छुट्टा छुट्टै ठाँउमा ३ जना मानिस मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौंको ज्ञानेश्वर,बल्खु र पशुपति मन्दिर परिसरमा ३ जना मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीले दिएको जानकारी अनुसार काठमाडौं महानगरपालिका ३० ज्ञानेश्वरमा अहिलेसम्म नाम थर नखुलेका करिब ६० वर्षीय बृद्ध पुरुष आफ्नै ठेलागाडामा मृत अवस्थामा फेला परेका छन् ।
कीर्तिपुर नगरपालिका २ बल्खु खोलाको पुलमुनि पनि नाम थर पहिचान नभएको करिब ४० वर्षीया महिला मृत अवस्थामा फेला परेकी छिन् ।
काठमाडौं महानगरपालिका ८ पशुपति आर्यघाटमा काम गर्ने करिब ४० वर्षीय ओम मगर भन्ने पुरुष आर्यघाटको पेटीमा गमृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
घटनाका सम्बनधमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।
प्रतिक्रिया