१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


सिरियामा अमेरिकी ड्रोन आक्रमणमा अलकायदाका नेता मारिएको दाबी




एजेन्सी । अमेरिकी सेनाले सिरियामा गरेको ड्रोन आक्रमणमा अल कायदाका वरिष्ठ नेता अब्दुल हामिद अल मतार मारिएको दाबी गरेको छ।

अमेरिकाको सेन्ट्रल कमाण्डका प्रवक्ताका अनुसार यो आक्रमणमा अन्य मानिसको मृत्यु भएको खुलेको छैन। अमेरिकाले एमक्यु–९ ड्रोन प्रयोग गरी सिरियामा आक्रमण गरेको थियो। दुईदिनअघि मात्र सिरियाको दक्षिणी क्षेत्रमा अमेरिकी आउटपोस्टमा यसअघि आक्रमण भएको थियो।
अल कायदाका वरिष्ठ नेता मारिएसँगै अब सिरियामा आतंकवादी समूहको गतिविधि पनि घट्ने विश्वास अमेरिकाले लिएको छ।

अल कायदाले पछिल्लो समय सिरियालाई आफ्नो सुरक्षित भूमिको रुपमा प्रयोग गरिरहेको अमेरिकाले बताएको छ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ११ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।