२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बल्खु खोलामा मृत भेटिएकी महिलाको सनाखत



६ कात्तिक ०७८, काठमाडौं । कीर्तिपुरको बल्खु खोलामा मृत फेला परेकी महिलाको सनाखत भएको छ।
शुक्रबार कीर्तिपुर नगरपालिका वडा नम्बर २ स्थित बल्खु खोलामा मृत भेटिएकी महिलाको सनाखत भएको हो । महानगरीय प्रहरी वृत्त कीर्तिपुरका अनुसार मृतक महिला गोरखा नगरपालिका वडा नम्बर २ ताप्ले घर भई कीर्तिपुर नगरपालिका नगाउँमा बस्दै आएकी शान्ता थापा मगर हुन् ।
उनको शव कीर्तिपुर र चन्द्रागिरि नगरपालिका जोडिने झुलुंगे पुलभन्दा अन्दाजी १०० मिटर तल खोलामा फेला परेको थियो। बिहान मर्निङ वाक गर्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर भएको थियो।

प्रहरीले उनको पहिचान शवसँगै बरामद भएको मोबाइल फोनबाट गरेको हो। फोनबाटै उनको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ११ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।