२५ पुस २०८१, बिहिबार | Thu Jan 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


वाग्मती प्रदेशमा विद्यालयको प्रयोगशालाका लागि अनुदान   




६ कात्तिक ०७८, वाग्मती ।  वाग्मती प्रदेश सरकारले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयलाई प्रयोगशाला स्थापनार्थ अनुदान दिने भएकोे छ । सो कार्यका लागि मापदण्ड र सर्तहरुसमेत तोकेर प्रादेशिक शिक्षा विकास निर्देशनालयले रु १२ लाखदेखि १५ लाखसम्म अनुदान दिने जनाएको हो ।

निर्देशनालयका अनुसार सामुदायिक विद्यालयमा विज्ञान विषय र सूचना प्रविधि प्रयोगशाला स्थापनासम्बन्धी कार्यविधि २०७८ अनुसार छनोट भएका विद्यालयलाई रकम उपलब्ध गराइने छ ।उक्त कार्यविधिअन्तर्गत सूचना प्रविधिका लागि रु १५ लाख तथा विज्ञान प्रयोगशालाका लागि रु १२ लाख अनुदान प्रदान गरिने भएको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेटमा उल्लेख भएबमोजिम निर्देशनालयले कार्यविधि तयार गरी अनुदान दिनेछ । कार्यविधिमा प्रयोगशाला स्थापना गर्ने विद्यालय पहिचान गरी मापदण्ड निर्धारण गरी अनुदान दिने निर्देशनालयको ठहर छ ।

विद्यार्थीलाई सिमकार्ड

मकवानपुरको सात हजार १३८ विद्यार्थीहरुलाई हेटौँडा उपमहानगरपालिकाले सियुजी सिम वितरण गरेको छ ।

सङ्घीय सरकारबाट अनुदानस्वरूप प्राप्त रु २६ लाख ७६ हजार छ सयबाट जिल्लाका १० पालिकामा इन्टरनेटको पहुँच नभएका ठाउँहरुमा सियुजी सेवा उपलब्ध गराइएको उपमहानगरपालिकाले जनाएको हो ।

शिक्षा विकास महाशाखाका अधिकृत सामचन्द्र खड्काका अनुसार रु १२५ का दरले जिल्लाका २३ विद्यालयका कक्षा ४ देखि १२ कक्षासम्मका विद्यार्थीलाई उक्त सिम वितरण गरिएको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ३ : ०५ बजे