२५ पुस २०८१, बिहिबार | Thu Jan 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चन्द्रागिरि नगरमा एक अर्ब लगानीमा प्रसूति अस्पताल निर्माण हुने   




७ कार्तिक ०७८, काठमाडौं ।  चन्द्रागिरि नगरपालिकामा रु एक अर्बको लगानीमा प्रसूति अस्पताल निर्माण हुने भएको छ ।
जर्मन विकास बैंकको रु एक अर्ब बराबरको लगानीमा चन्द्रागिरि नगरपालिका–४ थानकोट गोदाममा उक्त अस्पताल निर्माण हुने भएको हो । अस्पताल निर्माणका लागि नगरपालिकाका प्रमुख घनश्याम गिरी र जर्मन विकास बैंकका प्रतिनिधिबीच सम्झौतासमेत भइसकेको छ । उक्त अस्पताल परोपकार प्रसूति गृह थापाथलीको मातहतमा सञ्चालन हुनेछ । सम्झौतापत्रमा बढीमा चार वर्षमा अस्पताल निर्माण सम्पन्न गरी सेवा सुरु गरिने उल्लेख छ ।
नगरपालिकाका प्रमुख गिरीले अस्पताल निर्माणसँगै उपत्यकामा प्रसूति सेवा लिन आउने बिरामीलाई सहज हुने बताए । अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयको समन्वयमा उक्त योजना सम्पन्न हुने नगरप्रमुख गिरीले जानकारी दिए ।

 

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ४ : २२ बजे