९ कात्तिक ०७८, काठमाडौं । काठमाडौका आठ स्थानीय तहमा एस्ट्राजेनिका खोपको दोस्रो मात्रा आजदेखि लगाइने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार आजदेखि कार्तिक ११ गतेसम्म तिन दिनका लागि कीर्तिपुर, चन्द्रागिरी, नागार्जुन, कागेश्वरी, तारकेश्वर, टोखा र गोकर्णेश्वर नगरपालिकामा दोस्रो मात्रा खोप लगाइनेछ ।
पहिलो डोज एस्ट्राजेनेका लगाएका ब्यक्तिहरुले दोश्रो मात्रा लगाउन पाउने भएका हुन् । काठमाडौ महानगरपालिकामा भने भोली देखि खोप लगाइने छ ।
वीर, परोपकार प्रसूती तथा स्त्री रोग, वीरेन्द्र सैनिक र निजामती अस्पतालमा दुई दिनसम्म खोप कार्यक्रम सञ्चालन हुने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया