८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


एमाले गोदावरी नगर कमिटीमा थापा निर्वाचित




ललितपुर खबर
१० कात्तिक ०७८, चापागाँउ । एमाले गोदावरीको नगर कमिटीमा प्रभाकर थापा सर्वसम्मत निर्वाचित भएका छन् । मंगलबार ललितपुरको बज्रबाराहीमा आयोजना गरिएको नगर अधिवेशनले थापाको नृतृत्वमा ७५ सदस्यीय नगर कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।
कमिटीको उपाध्यक्ष नन्दश्याम महर्जन, सचिव मिथुन महर्जन, उपसचिव रमि सिलवाल र राजेन्द्र न्यौपाने निर्वाचित भए ।

गत शनिबार देशभरका( बाढी प्रभावित बाहेक) वडा कमिटीको निर्वाचन सम्पन्न गरेर एमालेले मंगलबार नगर र गाँउ कमिटीको अधिवेशनमार्फत कमिटी गठन गरेको हो । पार्टीको गठनको क्रममा देशभर लगभग सर्वसम्मत नेतृत्व चयन भएको पार्टीले जनाएको छ । स्थानीय, क्षेत्र र प्रदेशको अधिवेशनपछि यहि मंसिर १० गतेदेखि १२ गतेसम्म पार्टीले चितवनमा महाधिवेशन गर्दैछ । गत असोज १५देखि १७सम्म एमालेले विधान महाधिवेशन मार्फत संविधानअनुरुपको विधान निर्माण गरिसकेको छ । आउँदो
ेआउदो महाधिवेशनमा नयाँ नेतृत्व चुन्ने कार्यादेश मात्रै पुरा हुनेछ ।

 

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ६ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।