९ कात्तिक ०७८, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका ६ टिकाभैरवस्थित आनन्दवन अस्पतालस्थित क्यान्टिनमा पर्सा लालपर्सा चोक वीरगंज घर भएका ६० वर्षीय रिचार्ज बिसोजा सोमबार मृत अवस्थामा फेला परेका छन्
।
चापागाँउ प्रहरीका अनुसार बिसोजा कुष्ठरोगी रहेको र उनलाई उपचारका लागि अस्पताल ल्याएर छोडिएको हो । उनको शवलाई घटनाबारे मुचुल्का उठाएर पाटन अस्पतालमा पोष्ट मार्टमका लागि लगिएको चापागाँउ प्रहरीले बताएको छ ।
उनको शव अहिलेसम्म कसैले बुझ्न नआएको समेत प्रहरीको भनाई छ ।
प्रतिक्रिया