११ कात्तिक ०७८, ललितपुर । नेकपा एकीकृत समाजबवादी पार्टीको ललितपुर इन्चार्जको जिम्मेवारी कृष्णलाल महर्जनले पाएका छन् ।
पार्टीको बैठकले लिएका निर्णय प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले सार्वजनिक गर्दै महर्जनलाई ललितपुरको इन्चार्ज तोकेको जानकारी दिएका हुन् ।
नेकपा एकीकृत समाजबादीको सहइन्चार्ज उमेश शर्मा बजगाइर्,ं.अमृतनाथ तिमिल्सिना, राधा सिल्वाल र सरला के.सीलाई बनाइएको छ ।
साथै ललितपुरबाट केन्द्रिय परिषद सदस्य रामशरण शर्मा घिमिरे र रामशरण बस्नेत चयन भएका छन् । पार्टीले केन्द्रिय सल्लाहकार सुशस्ीलचन्द्र अमात्य,सिद्धिलाल सिंह,मिलन तुलाधारलाई जिम्मेवारी दिएको छ ।
पार्टीले ललितपुरका नेता तथा प्रदेश सासंद माधव पौडेललाई केन्द्रिय निर्वाचन आयोगको अध्यक्ष को जिम्मेवारी दिएको छ । पार्टीले केहि समयअघि ३ सय ३५ जनाको केन्द्रय समिती बनाएको थियो ।
११ कार्तिक २०७८, बिहिबार
0
Shares
प्रतिक्रिया