११ कात्तिक ०७८, काठमाडौं । नेपालमा सुनको मूल्य प्रतितोला रु ४ सयले उकालो लागेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ४ सय तोकिएको छ । पहेँलो धातु बुधबार प्रतितोला रु ९२ हजार कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ९ सय रहने छ जसको मूल्य बुधबार ९१ हजार ५सय तोकिएको थियो ।
त्यस्तै चाँदी प्रतितोला रु एक हजार २ सय ५०मा कारोबार हुने महासङ्घले जनाएको छ । चाँदी बुधबार प्रतितोला रु एक हजार २ सय ५०मा नै कारोबार भएको थियो । महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।
११ कार्तिक २०७८, बिहिबार
0
Shares
प्रतिक्रिया