५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि



११ कार्तिक ०७८, काठमाडौं ।   नेपालमा पछिल्लो २४ घण्टामा ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै बिहीबार थप ६६४ जना संक्रमणमुक्त भएका छन् । यस्तै सोही अवधिमा २ जनाको मृत्यु भएको छ । देशभर १० हजार २३६ जना सक्रिय संक्रमित रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ११ हजार ४०७ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ३६९ जना पुगेको छ । यस्तै हालसम्म संक्रमितमध्ये ७ लाख ८९ हजार ७८९ जना निको भएका छन् । हाल देशभर कोरोना निको हुनेदर ९७।३ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ४ : ५१ बजे