२३ पुस २०८१, मंगलबार | Tue Jan 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा ट्याङ्की खन्दा विद्यालयभित्र भेटियो ऐतिहासिक सम्पदाका अवशेष



फाइल तस्विर

१२ कात्तिक ०७८, भक्तपुर । विद्यालयको पानी ट्याङ्की खन्ने क्रममा यहाँ ऐतिहासिक एवं पुरातात्विक सम्पदाको अवशेष भेटिएको छ ।
भक्तपुर नगरपालिकास्थित दरबार स्क्वायर परिसरमा रहेको विद्यार्थी निकेतन माध्यमिक विद्यालयको प्राङ्गणमा पानी ट्याङ्की खन्ने जमिनको सतहबाट साढे छ फिटमुनि मल्लकालिन ईटा ९ टेपु ल्हाँे, चिकं अप्पा (तेलीय इँटां), फ अप्पा, दाँची अप्पा०ले बनाइएका पेटीलगायत पुरातात्विक भवनका अवशेष भेटिएको हो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले यस स्थानको अवलोकन गरेकी छिन् । नगरप्रमुख प्रजापतिले यस विद्यालयका विद्यार्थी तथा प्रअ सर्जनी जोशीसँग भेट गरी तत्कालका लागि ट्याङ्की बनाउन र अन्य संरचना निर्माण नगर्न निर्देशन दिएका छन्ह । भेटिएका पुरातात्विक अवशेषको विज्ञद्वारा अनुसन्धान गराउनाका साथै सम्पदा संरक्षणका लागि निर्माण कार्यलाई रोक्न आग्रह गरिएको उनको भनाइ थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  १२ : ४० बजे