२० कार्तिक २०८१, मंगलबार | Tue Nov 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको सिनामंगलमा लुटपाट




१२ कात्तिक ०७८, काठमाडौं । काठमाडौंको सिनामंगलमा लुटपाट भएको छ । काठमाडौं महानगरपालिका ९ सिनामंगलमा सप्तरी सुरुङ्गा नगरपालिका ७ बस्ने ३५ वर्षीय अजय कुमार चौधरीको २५ ग्राम सुन, १ थान मोबाइल र ६ सय कतारी रियाल समेत गरी करिब २ लाख ४२ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार साँझ लुटपाट भएको छ ।
प्रहरीका अनुसार कतारबाट नेपाल आएका चौधरी बा.२ ज १०९५ नम्बरको ट्याक्सीमा तिनकुनेतर्फ जाँदै गरेको अवस्थामा हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका ४ जना अपरिचित व्यक्तिहरुले हामी सिआईडी हौं भन्दै उक्त धनमाल लुटपाट गरी फरार भएको बताइएको छ ।
घटनाको सूचना पाएलगत्तै महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  २ : ४८ बजे