२३ पुस २०८१, मंगलबार | Tue Jan 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मिठाइ पसललाई दुई लाख जरिवाना




१२ कात्तिक ०७८, काठमाडौं । काठमाडौं महानगरपालिकाले गुलाब मिठाई पसललाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । तिहार लक्षित बजार अनुगमनको क्रममा उक्त मिठाई पसलले म्याद गुज्रिएको वस्तुबाट बनेका परिकार बेचेको पाएपछि महानगरबाट खटिएको टोलीले कारबाही गरेको हो ।
अनुगमनका क्रममा उक्त पसलबाट बिक्री वितरण हुँदै आएको मिठाईमा म्याद सकिएको सामग्री प्रयोग गरेको, अन्य कम्पनीले उत्पादन गरेका खाद्यवस्तुमा आफ्नो लेबल र आफूले उत्पादन गरेका खाद्यवस्तुमा भारतीय कम्पनीको लेबल राखेको, उत्पादन मिति उल्लेख नभएको पाइएपछि दुई लाख जरिवाना गरिएको महानगरले जनाएको छ ।

पसलले सालिमार हस्पिटालिटी एन्ड फुड प्रालिका नाममा दर्ता भएर सहरका विभिन्न ठाउँमा गुलाब ब्रान्डका मिठाई उत्पादन तथा बिक्री गर्दै आएको छ । महानगरले सोही मिठाई पसललाई गत वर्षको तिहारमा पनि अनुगमनका गरेको र गुणस्तरको परिपालना नभएको पाएपछि सरसफाइ र म्याद सकिएको सामग्रीको बिक्री वितरण नगर्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ६ : ०१ बजे