२० कार्तिक २०८१, मंगलबार | Tue Nov 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चापागाँउमा रामचन्द्र–सिता रथयात्रा, बज्रवाराहीमा स्थापना




१३ कात्तिक ०७८, चापागाँउ । अखण्ड हरि किर्तन बज्रवाराहीमा शनिबार रामचन्द्र सिता र लक्ष्मणको मूर्ति स्थापना गरिएको छ ।
मूर्ति स्थापना गर्नुअघि चापागाँउको झ्यालीपाटीबाट रथयात्रा समेत गरिएको थियो । बाजागाजा र खैजडी भजनको झाँकीसहित रथयात्रा चापाँगाउको झ्यालीपाटीबाट मूर्ति लिएर चापागाँउको भैरवमन्दिर परिक्रमा गरेर बज्रबाराहीमा मूर्ति पु¥याएपछि प्राण प्रतिष्ठा गरिएको स्थानीय उमेश कायस्थले ललितपुर खबरलाई बताए । कायस्थले भने, अकल बहादुर र सुशीला सिंहको सहयोगमा मूर्ति स्थापना गरिएको हो ।


झाँकीमा गोदावरी नगरका मेयर गजेन्द्र महर्जन प्रदेश सासंद चेतनाथ सञ्जेल, भजन गायक संगीतकार जगमोहन वामी पतञ्जली योग साधना केन्द्र जिल्ला अध्यक्ष जोनगोपाल कायस्थ लगायत सयौंको सहभागिता थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ६ : ३४ बजे