२२ पुस २०८१, सोमबार | Mon Jan 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भाइटीकामा रानीपोखरी १२ घण्टा खुल्ने



१६ कात्तिक ०७८, काठमाडौं । यस वर्ष भाइटीकाका लागि रानीपोखरी बिहान ६ देखि साँझ ६ बजेसम्म खुल्ने भएको छ ।
भूकम्पका कारण क्षति भएको उक्त ऐतिहासिक सम्पदाको गत वर्ष कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः निर्माण सम्पन्न रानीपोखरीको उद्घाटन गरेकी थिए । उद्घाटनपश्चात् गत वर्ष पनि उक्त सम्पदामा सर्वसाधारणका लागि टीका लगाउन खुला गरिएको थियो ।

अन्य समयमा बन्द रहने उक्त पोखरी नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारमा भाइटीकाका दिन खुला गर्ने गरिन्छ । उक्त स्थानमा दाजुभाइ नभएको दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइहरुले सामूहिक रुपमा भाइटीका लगाउने गर्दछन् । यस वर्ष आगामी २० गते शनिबार भाइटीका परेको छ ।

यस सम्पदा भूकम्प गएको पाँच वर्षपछि पुरानै शैलीमा पुनः निर्माण सम्पन्न भएको हो । उक्त दिन सर्वसाधारणले रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर दर्शन गर्न पाउनेछन् । भूकम्पपछि पुनः निर्माण सम्पन्न नहँदासम्मको पाँच वर्ष हरेक वर्षको तिहारमा सर्वसाधारणले बालगोपालेश्वर मूर्तिलाई पोखरीको रहेको पुलको मुखमा राखी दर्शन गर्ने गरेका थिए ।

 

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  १० : २७ बजे