२१ पुस २०८१, आइतबार | Mon Jan 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरी नगरका वडाध्यक्ष देशार काँग्रेसमा प्रवेश



 

ललितपुर खबर
१६ कात्तिक ०७८, चापागाँउ । गोदावरी नगरपालिका ११ का वडाध्यक्ष निलबहादुर देसार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
ललितपुरको झरुवाराशीमा आयोजित नेपालीका काँग्रेस गोदावरीले आयोजना गरेको चियापान कार्यक्रममा वडाध्यक्ष देशार, वाईसिएल गोदावरी उपसंयोजक निरोज महर्जनलगायत २ सय ११ जनाभन्दा बढी नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका एक नेताले ललितपुर खबरलाई बताए ।


देसार राप्रपाका पुर्व जिल्ला अध्यक्ष समेत हुन् । उनी राप्रपाबाट २०७३ सालको निर्वाचनमा गोदावरी ११ बाट वडाध्यक्ष  जितेका थिए ।

स्थानीय प्रदेश तथा संघको निर्वाचनको समय अजिकिएसँगै ललितपुरको गोदावरीमा काँग्रेस र एमाले आफ्नो पार्टीमा नेता कार्यकता तानातान गर्ने क्रम सुरु भएको छ । दशै अगाडि एमालले चियापान कार्यक्रमका काँग्रेस माओवादीलगायत पार्टीका नेता कार्यकताइलाई पार्टीमा प्रवेश गराएको थियो ।

कार्यक्रममा बोल्दै ललितपुर १ का पुर्वसासंद उदयशम्सेर राणाले अन्य पार्टीमा रहेर पनि नेपाली काँग्रेसलाई सघाएका कारण देशारलाई नेपाली काँग्रेसमा प्रवेश गराइएको बताए । उनले भने,‘उहाँको प्रवेशले गोदावरी नगरमा मात्रै होइन केन्द्रको निर्वाचनमा समेत जित हासिल गर्न सघाउ पुग्छ ।’
ललितपुर सभापति मदनबहादुर अमात्यले सवै काँगे्रस नेताहरुले आफूलाई भोट नमागी पार्टीलाई भोट माग्नु पर्ने बताए । उनले पछिल्लो समय ललितपुर काँग्रेसमा अराजक गतिविधि भइरहेको बताउदै भने,‘आफूलाई भोट माग्ने नेता काँग्रेस नेता हुन सक्दैन ।’

 

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  १२ : ४८ बजे