८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको धर्मस्थलीबाट गैडाको खागसहित २ जना पक्राउ



१६ कात्तिक ०७८, काठमाडौं । प्रहरीले काठमाडौंको धर्मस्थलीबाट संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) जस्तो ९ सय ग्राम तौल बराबरको १ थान वस्तुसहित २ जनालाई मंगलबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा तनहुँ शुक्लागण्डकी नगरपालिका १० बस्ने ३४ वर्षीया फूलमाया बिक र काठमाडौं तार्केश्वर नगरपालिका ६, धर्मस्थली बस्ने २८ वर्षीय सुसन सुनार रहेका छन् ।
काठमाडौं महानगरपालिका ४ सुकेधारा क्षेत्रमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई गैंडाको खाग जस्तो देखिने उक्त बस्तु सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई बरामद सामान सहित आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा बुझाइने ब्यूरोले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ९ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।