१९ पुस २०८१, शुक्रबार | Sat Jan 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरका किसान हाइव्रिड धान नफलेपछि आन्दोलित




१६ कात्तिक ०७८, ललितपुर । धानमा नफलेपछि ललितपुरका किसान आन्दोलित भएका छन् ।
धनमा बाला नलागेपछि धानको मुठोसहित ललितपुरका किसान मंगलबार माइतीघर मण्डलामा प्रर्दशन गर्न पुगेका हुन् । अखिल नेपाल किसान संघको अगुवाईमा ललितपुर चापागाँउ,छम्पी,लेलेलगायतका किसान माइतीघरमा प्रर्दशन गर्न पुगेका हुन् ।
धानमा फल नलागेको कारण काठमाण्डौं उपत्यकाका किसानहरुले ठूलो क्षति बेहोर्नु परेको कारण किसानहरुको अप्रत्यासित नोक्सानीको मारबाट सुरक्षित गरी किसान र कृृषि पेशालाई संरक्षण गर्न किसानको वास्तविक क्षतिको यकिन गरी तत्कालीन क्षतिपूर्ति र दिर्घकालीन राहातका कार्यक्रम तुरुन्त घोषणा माग गर्दै आन्दोलनमा होमिएको किसान नेताहरुले बताएका छन् ।
गुणस्तरहिन बिउबाट ठगिएका किसानहरुलाई क्ष्तिपूर्ति राहत र विउ विक्रि गर्ने वितरकलाई कारवाही गर्न किसानहरुको माग छ ।


ललितपुरको चपागाउँका किसान नेता रामहरी घिमिरेले वितरकले बढी फल्छ भनेर नयाँ प्रजातीको हाइब्रिड धान विक्री गरेर किसान झुक्याएको भन्दै तत्काल कारवाही गर्न माग गरे ।
डीवाई २८ प्रजातीको धानमा धेरै समस्या देखिएको घिमिरेको भनाई छ । उनले खुमल ८ र टाइचिन प्रजातीको धानमा पनि पुष्ट दाना नलागेको उनले बताए ।
लगनखेलस्थित काठमाडौं एग्रोका गणेश बानियाँ अघिल्लो बर्षको तुलनामा यस बर्ष धेरै धान विग्रेको बताउछन् ।
चिनियाँ कम्पनीको डिवाई २८ धानको विउ विग्रेको उनी बताउछन् । यो धानलाई कम पानी चाहिने हुँदा विग्रेको उनको भनाई छ । यो धान कम चिसो र नाइट्रोजन कम भएको कारण विग्रेको हो ।
केही बर्ष अघि भक्तपुरमा धेरै किसानको धान विग्रदा समेत किसानले क्षतिपूर्ति नपाएको उनी बताउछन् । उनी भन्छन्, ‘यो धानमा क्षतिपूर्ति पाइदैन ।’
उनका अनुसार चापागाँउ र लेलेमा धेरै किसानको यो बर्ष धान विग्रेको छ । अघिल्लो बर्ष इण्डियन धानमा कालोपोके आएको भन्दै यो बर्ष चिनिया धान धेरै किसानले लगाए ।
यो धान काठमाडौंको ट्रेड प्याइन्ट टेकुले चिनबाट ल्याएर बिक्रि गरिरहेको उनको भनाई छ ।

 

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ६ : २० बजे