१९ पुस २०८१, शुक्रबार | Sat Jan 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सिरपा सम्मानबाट प्रकाश र रोदन सम्मानित   



१७ कात्तिक ०७८, भक्तपुर । ग्वङ्गः सिरपा सम्मान २०७८ बाट ‘अभिवन्द्य’ निबन्ध कृतिका निबन्धकार श्रीओम श्रेष्ठ रोदन र ‘वीरग्रन्थ’ निबन्ध कृतिका सर्जक तिलकप्रकाश कायस्थलाई पुरस्कृत गरिएको छ ।
भक्तपुरमा साहित्यिक सम्मान सङ्गमको आयोजनामा श्रेष्ठ र रोदनलाई जनही रु ५० हजार पाँच पुरस्कारसहित सम्मान गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र संस्कृतिविद् एवं साहित्यका तेजेश्वर बाबु ग्वङ्गःले उक्त पुरस्कार प्रदान गरेका हुन् ।

कार्यक्रमलाई बोल्दै कुलपति उप्रेतीले ग्वङ्गले निबन्धजगत्मा ठूलो राशिको पुरस्कार स्थापना गरेर सराहनीय काम गरेर निबन्ध लेखनमा प्रेरणा थपेको बताए । वरिष्ठ संस्कृतिविद् तथा साहित्यकार ग्वङ्गले आफ्नो जीवनमा नुन, चुन र सुनमा खर्च नहुने रकम अर्थात् आफूले जीवनभर पाएका पुरस्कार रकम सङ्कलन गरेर अक्षकोष खडा गरी ग्वङ्गः सिरपा सम्मान स्थापना गरेको बताए ।

पुरस्कृत सर्जक रोदनले ग्वङ्ग नेपाली निबन्ध र साहित्यको मात्र धरोहर नभई संस्कृतिभित्र विज्ञान खोज्ने र पुष्टि गर्ने संस्कृतिविद् रहेको बताए । उनले राजनेताहरूबाट दिइने पुरस्कार तथा सम्मानभन्दा विशुद्ध साहित्यकारबाट प्रदान गरिने पुरस्कारको औचित्य सबैभन्दा उच्च रहेको बताए ।

पुरस्कृत तथा सम्मानित अर्का सर्जक कायस्थले आफ्नो कृति वीरग्रन्थले पाएको पुरस्कार तथा सम्मान जिउँदा शहीदहरूको सम्मान भएको बताए । उनले कृतिमा जिउँदा शहीदहरूका विषय समेटेर कृति तयार पारिएको बताए । ।

प्राज्ञ ध्रुव मधिकर्मीले पुरस्कारको महत्वबारे प्रकाश पारे भने पुरस्कृत तथा सम्मानित सर्जकहरूको कृतित्व र व्यक्तित्वबारे प्राडा लक्ष्मणप्रसाद गौतमले चर्चा गरे । उक्त पुरस्कार सर्जक ग्वंगःले आफ्नो जन्मदिनको अवसर पारेर प्रदान गरेका हुन्। साहित्यकार ग्वङ्ग मङ्गलबार ८७ वर्षमा प्रवेश गरेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ५ : ०४ बजे