२१ कात्तिक ०७८, भक्तपुर । दिपावलीपछि भक्तपुरका विद्युत सर्ट भएरआगलागी भएको छ । प्रहरीका अनुसार भक्तपुरस्थित भक्तपुर नगरपालिका ९ मालपोत कार्यालय नजिक सूर्यविनायक नगरपालिका ५ कटुन्जे बस्ने महादेव थापा र यसै नगरपालिका १० चितापोल बस्ने सुरेश आलेमगरले संयुक्त रुपमा संचालन गरेको लेखापढी सेन्टरमा करेन्ट सर्ट भई बिहीबार दिउँसो आगलागी भएको हो ।
आजलागीपछि कार्यालयमा रहेका टेबुल, कुर्सी, स्टिलको दराज, कम्प्युटर, १ थान फोटोकपी मेसिन र ४ थान सोफा जलेर करिब २ लाख ५५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । साथैआगलागीको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
२१ कार्तिक २०७८, आइतबार
0
Shares
प्रतिक्रिया