२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


गोदावरीमा आयोजित मेयर कपमा आजबाट क्वाटरफाइनलको खेल हुँदै




ललितपुर खबर
२२ कात्तिक ०७८,चापागाँउ । ललितपुरको ठेचोमा जारी मेयर कप फुटवल खेलमा क्वाटरफाइनलका खेलहरु आज सोमबारबाट सुरु हुने भएको छ ।
फुटवल खेलका संयोजक अशोक महर्जनका अनुसार आजको क्वाटरफाइनलका पहिलो खेल गोदावरी क र छम्पीबीच हुनेछ । दोश्रो खेलमा गोदावरी ख ले गोदामचौरको सामाना गर्नेछ ।


मंगलबारको पहिलो खेल ठैव र चापागाँउ हुँदैछ भने दोश्रो खेल लेलेको विरुद्ध गोदामचौर उत्रदैछ । अर्को खेल गोदामचौरले टाहाखेलको सामना गर्ने भएको छ । चौथो खेल ठैवविरुद्ध टिकाभैरव र अन्तिम खेल लेले र विशंखुबीच हुनेछ ।


मेयर कपको सेमिफाइनलको खेल आउँदो विहीबार हुने भएको छ । भने फाइनल खेल यही २७ गते ठेचोस्थित सरस्वती स्कूल नजिकको खेल मैदानमा हुदैछ ।
विविधतामा एकताको नारा लिएर जारी मेयर कप टु स्टार क्लवको २७ औं वर्षकाठको अवसरमा आयोजना भएको हो । क्ललाई सहकारी पेले प्रायोजन गरेको छ भने पावर वाई प्लानेट अर्थ सोलुसन रहेको छ । गोदावरी नगरपालिकाको सहयोग रहेको मेयर कपको सह आयोजक गोदावरी १२ ठेचो वडा कार्यालय रहेको छ ।

१४ वटा वडाबाट २ वटा टिम भाग लिने सकिने अवस्थामा गतकात्तिक १५ गतेबाट सुरु यस प्रतियोगितामा २० वटा टिमहरु सहभागी छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  १० : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।