६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


वाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत




२२ कात्तिक ०७८,हेटौडा । वाग्मती प्रदेशसभाको आज सोमबार अपराह्न बसेको बैठकमा गठबन्धन सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ ।
बैठकमा विश्वासको मतको पक्षमा ५९ मत प्राप्त भएको प्रदेशसभा सचिवालयले जनाएको छ । विपक्षमा नेकपा (एमाले) को ४३ र साझा विवेकशील पार्टीको तीन मत परेको छ । नेपाल मजदुर किसान पार्टीले यस प्रस्तावमा तटस्थ रहने घोषणा गरेको थियो ।
राप्रपाका सांसदहरू अनुपस्थित रहेका थिए । वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिएका छन् ।
तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले गत कात्तिक १० गते मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि यस पदमा राजेन्द्र पाण्डे नियुक्त भएका थिए । वाग्मती प्रदेशसभामा हाल १ सय ९ जना प्रदेशसभाका सदस्यहरू छन् । आजको बैठकमा जम्मा १ सय ४ जना प्रदेशसभा सांसदहरू उपस्थित थिए ।

 

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ६ : ५१ बजे