१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


प्रधान सेनापति शर्मा र भारतीय सेनाध्यक्ष नरवणेबीच भेटवार्ता




२३ कात्तिक ०७८, नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाध्यक्ष मनोज मुकन्द नरवणेबीच भेटवार्ता भएको छ । उनीहरुबीच भएको भेटवार्तामा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
छलफलपछि प्रधान सेनापति महारथी शर्मामा भारतीय सुरक्षा अवधारणाबारे प्रस्तुतीकरणसमेत गरिएको जानकारी दिइएको छ । उनले यसअघि राष्ट्रिय समर स्मारकमा वीर शहीदको सम्मानमा पुष्प गुच्छा अर्पण गरेका थिए । प्रधानसेनापति शर्माको सम्मानमा साउथ ब्लक लाउन्जमा भारतीय सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
रासस

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ९ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।