१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ महारथीको दज्र्यानी




२४ कात्तिक ०७८, नयाँदिल्ली । भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेका छन् ।
नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आज बुधबार आयोजित समारोहमा प्रधानसेनापति शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीबाट सुशोभन गरिएको हो । नेपाल–भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम परम्परा छ ।
भारतका स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेको औपचारिक निमन्त्रणामा उनी भारतको चार दिवसीय औपचारिक भ्रमणका लागि मङ्गलबार नयाँ दिल्ली गएका थिए । भ्रमणका क्रममा महारथी शर्माले विभिन्न भारतीय उच्चपदस्थ पदाधिकारीसँग भेटघाट गर्ने छन् । महारथी शर्मा भारत भ्रमण सकेर यही कात्तिक २६ गते स्वदेश फर्कन कार्यक्रम छ ।
हजार ५ सय सहित चामल छ बोरा, कम्मल तीन थान, स्लिपिङ्ग ब्याग दुई वटा र ब्लाङ्केट पाँच वटा बलका प्रमुख एवं प्रहरी उपरीक्षक किरण ढुङ्गानाले हस्तान्तरण गरेका छन् । पीडितलाई क्षतिपूर्ति दिलाउन स्थानीयस्तरमा ग्यास विस्फोट पीडित समिति गठन गरिएको छ । समितिले मनकारी व्यक्ति, सङ्घसंस्थालाई यथा सहयोगको लागि सार्वजनिकरुपमा आह्वान गर्दै आएको छ । त्यसैगरी ताम्राकार समाजले रु एक लाख राखेर राहतकोष खडा गरेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ७ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।