२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रपतिको पहिलो तथ्याङ्क लिएर १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ   



 

२५ कात्तिक ०७८,  काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विवरण सङकलन गर्दै आजबाट देशभर १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ भएको छ ।    शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा तथ्याङ्क विभागका गणकहरु पुगेर राष्ट्रपतिको पारिवारिक तथ्याङ्क सङ्कलन गरी राष्ट्रिय जनगणना– २०७८ को प्रारम्भ गरिएको हो ।    

तथ्याङ्क विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले राष्ट्रपति भण्डारीको पहिलो तथ्याङक लिएर राष्ट्रिय जनगणना– २०७८ को औपचारिक शुभारम्भ गरिएको बताउए ।  उनका अनुसार राष्ट्रपतिलाई जनगणनाको तथ्याङकमा रहेका ८० वटा प्रश्न सोधिएको थियो ।
तथ्याङ्क विभागका अनुसार राष्ट्रपतिपछि आजै प्रधानमन्त्री शेरबहादुर देउवाको पारिवारिक तथ्याङ्क सङ्कलन गरिने छ । यसरी आजबाट देशभर राष्ट्रिय जनगणना– २०७८ सुरु भएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  १ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।