४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भीमेश्वरको प्रवेशद्वारमा राखिएको मूर्ति चोरी   



२५ कात्तिक ०७८, चरीकोट । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर परिसरमा प्रवेश गर्ने द्वारमा राखिएको सरस्वतीको मूर्ति चोरी भएको छ ।
भीमेश्वर मन्दिर परिसरमा प्रवेश गर्ने प्रवेशद्धारको खोपामा राखिएको सरस्वतीको दुई मूर्ति चोरी गएराति चोरी भएको गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए ।  गए राति करिब १२ बजेको समयमा नकाबधारी व्यक्तिले सरस्वतीको मूर्ति चोरी गरेको दृष्य सिसिटिभीमा कैद भएको र त्यसबारे अनुसन्धान भइरहेको दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले बताए ।

मन्दिरको गेट बाहिरपट्टी रहेको सरस्वतीको मूर्ति चोरी भएको हो । नियमित पूजा गर्ने क्रममा मन्दिरमा सरस्वतीको मूर्ति नदेखेपछि पूजारीले स्थानीयवासीलाई खबर गरेका थिए । विसं २०५२ मा मन्दिर जीर्णद्वारको बेला राखिएका उक्त मूर्ति चोरी भएका अध्यक्ष श्रेष्ठले बताए ।

 

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ५ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।