६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सर्वोच्चमा बन्दीका मुद्दामा पनि भएन सुुनुवाइ   



२६ कात्तिक  ०७८, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका थिए तर न्यायाधीशहरु इजलासमा नबस्दा कुनै पनि सुनुवाइ हुन सकेन ।

प्रधानन्यायाधीश राणाले आठवटा इजलासमा पेसी तोक्नुभएको थियो । तीमध्ये सात संयुक्त र एउटा एकल इजलास थियो । ती सबै इजलासमा ‘बेञ्च नबसेको’ भनेर जनाइएको छ । यसअघि न्यायाधीशले बन्दीप्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्नुभएको थियो तर आज ती मुद्दामा पनि सुनुवाइ भएन । यही कात्तिक ७ गते आइतबारदेखि प्रधानन्यायाधीशमाथि लागेका आरोपका कारण उठेको प्रश्नको जवाफ माग गर्दै न्यायाधीशहरुले मुद्दामा सुनुवाइ गर्न इन्कार गरेका थिए । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ५ : ५७ बजे