२६ कात्तिक ०७८, ललितपुर । ललितपुर महालक्ष्मी नगर ९का वाईसिएल इन्चाज लगायत २ सय ५० भन्दा धेरै नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । ललितपुर सातदोवाटोमा आयोजित पत्रकार सम्मेलन मार्फत पार्टीको महालक्ष्मी ९ वाईसिएल इन्चार्ज विरमान तामाङ, माओवादी केन्द्रको राष्ट्रिय व्यापार महासंघ सचिवालय सदस्य मोहनकृष्ण तण्डुकार, एमाओवादी महालक्ष्मी नगरसदस्य रामप्रसाद तिमल्सिना महालक्ष्मी नगरसदस्य लगायत २ सय नेता कार्यकर्ताले पार्टी परित्याग घोषणा गरेका हुन् ।
पार्टी परित्याग घोषणा कार्यक्रममा सहभागी एक युवाले महालक्ष्मी ९ लामाटारका सबै एमाओवादी सम्बद्ध पार्टीका कार्यकर्ताले पार्टी छोडेको बताए । उनले भने, ‘महालक्ष्मी १० लाकुरीभञ्ज्याङका आधाभन्दा धेरै नेता कार्यकर्ताले पार्टी छोडेका छन् ।’
एमाओवादी महालक्ष्मी नगरसदस्य तिमल्सिनाले पार्टीमा उचित सम्मन र भूमिका नदिएको जनयुद्धको भावना अनुरुप काम नभएकाले पार्टी परित्याग गरेको बताए ।
कार्यक्रममा नगर वाईसिएल इन्चार्ज तामाङले पार्टी परित्याग गरेको घोषणा गरेको भए पनि कुन पार्टीमा प्रवेश गरेको भन्ने विषयमा खुलाउन चाहेनन् ।
यद्यपी पार्टी परित्याग कार्यक्रममा वागमती प्रदेश एमाले कमिटी सदस्य चिरिञ्जिवी आचार्यसहित एमाले निकट पत्रकारहरु समेत नित्याइएको थियो । कार्यक्रममा वागमती प्रदेश एमाले कमिटी सदस्य आचार्यले आइतबार १ बजे लामाटारमा पार्टी प्रवेश कार्यक्रम तय भएको भन्दै निम्ता गरेका थिए ।
२६ कार्तिक २०७८, शुक्रबार
0
Shares
प्रतिक्रिया