६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


शनिबार देशभर थपिए २ सय ९५ कोरोना सङ्क्रमित




२७ कात्तिक ०७८, काठमाडौँ । पछिल्लो २४ घण्टामा २ सय ९५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनमा आठ हजार २ सय ४३ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित सात हजार २ सय ७८ जना रहेको मन्त्रालयले जनाएको छ । नेपालमा सङ्क्रमण दर १८.२ प्रतिशत पुगेको छ । पाँच सय बढी सङक्रमित भएको एक मात्र जिल्ला ललितपुर छ । दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १० छन् । ती जिल्लामा मोरङ, सुनसरी, धनुषा काठमाडौँ, भक्तपुर, कास्की, पूर्वी नवलपरासी, रुपन्देही, बाँके र कैलाली रहेका छन् ।
दुई जिल्लामा शून्य
हुम्ला र मुगुमा सङ्क्रमित सङ्ख्या शून्य रहेका छन् । पछिल्लो २४ घण्टामा ४७ सय ८ जनाले कोरोना भाइरसको सङ्क्रमणमुक्त भई फर्किएका छन् । योसँगै हालसम्म नेपालमा सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या सात लाख ९७ हजार ९सय २६ जना रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत छ ।

आज कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । हालसम्म सङ्क्रमणबाट ११ हजार ४ सय ७१ जनाको मृत्यु भएको छ । होम आइसोलेशन छ हजार ७ सय ५२, संस्थागत आइसोलेशनमा ५२६ जना, सघन उपचार कक्षमा १ सय ९३ र भेन्टिलेटरमा ५७ जना रहेका छन् ।

चौतीस हजारले खोप लगाए

यस्तै आज ३४ हजार ७१६ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । आज लगाइएको खोपसँगै अहिलेसम्म ८८ लाख २४ हजार ८१५ जनाले पहिलो मात्रा र ७५ लाख ४१ हजार २६७ जनाले पूर्ण मात्राको खोप लगाएका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ७ : २५ बजे