१४ पुस २०८१, आइतबार | Sun Dec 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर ३ मा ५ जना महाधिवेशन प्रतिनिधि विजयी




ललितपुर खबर
२७ कात्तिक ०७८, चापागाँउ । ललितपुर क्षेत्र नं. ३ मा नेकपा एमालेका ५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । एमाले ललितपुरका सचिव पुरुषोत्तम आचार्यका अनुसार अमृत खड्का,रघुनाथ महर्जन,बाबुकाजी प्रधान,राजेन्द्र श्रेष्ठ र कमला थापा विजयी भएका छन् ।
श्निबार ललितपुरको सातदखोबाटोस्थित मुललाइट स्कूलमा भएको निर्वाचनको मत गणनापछि अबेर मत परिणाम सार्वजनिक भएको हो । प्राप्त मत परिणाम अनुसार वावुकाजी प्रधानले सर्वाधि ५ सय ३१ मत पाए । दोश्रो लोकप्रिय मत कमला थापा पाइन् । उनकी प्रतिद्धन्दी देवकी श्रेष्ठले १ सय ३५ मत पाइन् भने अर्की प्रतिश्पर्धीसुमित्रा खड्काले १ सय ३० मत पाएकी छिन् ।
राजेन्द्र श्रेष्ठले ३ सय ३६,रधुनाथ महर्जनले ३ सय ७ र अमृत खड्काले ३०७ मत पाएका छन् ।
ीहजो शुक्रबार अवेरसम्म भएको सहमतीको प्रयास विफल भएसँगै आज शनिबार विहान १० बजेदेखि ४ बजेसम्म निर्वाचन भएको हो ।
ीचत्रवनमा यही मंसिर १० गतेदेखि १२ गतेसम्म हुने महाधिवेशनमा देशभरबाट १ हजार ९ सय ९९ जना सहभागी हुँदैछन् । त्यस मध्ये ललितपुरको क्षे त्र नं. १ बाट ७ जना, क्षेत्र नं. २ र ५ बाट ५५जना सहभागी हुदैछन् ।
क्षेत्रबाट कुल १७ सहित १ जना दलित कोटासहित ललितपुरबाट १८ जना महाधिवेशन प्रतिनिधिको रुपमा चितवन जादैछन् ।


ल्लितपुर क्षेत्र नं.१ बट संघीय सासंद नवराज सिलवाल, प्रदेश सासंद चेतनाथ सञ्जेल,महाकाल गाँउपालिकाका अध्यक्ष रामचन्द्र दाहाल,वागमती प्रदेश सदस्य मधुसुदन पौडेल,पार्टी जिल्ला सचिव पुरुषोत्तम आचार्य, तारा सञ्जेल र अन्नपूर्ण बस्नेत सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।


ललितपुर क्षेत्र नं. २ बाट जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकार, महालक्ष्मी नगरका मेयर रामेश्वर श्रेष्ठ,जिल्ला कमिटी सदस्य तथा कानुन व्यावसायी राम राउत,प्रदेश कमिटी सदस्य चिरिञ्जीवि आचार्य र महिला तर्फ आश्था शाक्य रहेकी छिन् । दलितकोटाबाट दिनेश अक्षामी सर्वसम्मत निर्वाचि भएको बुझिएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  १० : ५४ बजे