८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


ललितपुर उपमेयर कप राष्ट्रिय महिला छनोटमा पराजित, धनगढी विजयी




२८ कात्तिक ०७८, काठमाडौं । धनगढी उपमहानगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट उपाधि जितेको छ ।
आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको फाइनलमा ललितपुर महानगरपालिकालाई पेनाल्टी सुटआउटमा ३– विरुद्ध १ ले पराजित गर्दै धनगढी पहिलो पटक च्याम्पियन बनेको हो ।
निर्धारित समयमा खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो ।
पेनाल्टीमा धनगढीकी रेबिका पाण्डे, रेखा पौडेल र बिर्सना चौधरीले गोल गरे ।
ललितपुरकी निर्मला बिकले मात्र गोल गरिन् ।
उपाधिसँगै धनगढीले पाँच लाख रुपैयाँ नगद प्राप्त गरेको छ भने उपविजेता बनेको ललितपुरले तीन लाख रुपैयाँ प्राप्त गरेको छ ।
यद्यपि, फाइनल प्रतिद्वन्द्वी धनगढी र ललितपुर राष्ट्रिय लिगमा छनोट भइसकेका छन् ।
राष्ट्रिय लिगमा तीनवटा विभागीय टोलीसहित चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका र बिराटनगर महानगरपालिका गरी आठवटा टोलीको सहभागिता रहनेछ । न्युज कारखाना

 

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ९ : ३७ बजे