१३ पुस २०८१, शनिबार | Sat Dec 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मध्यपुरमा शंखधर उद्यानको उदघाटन




२९ कात्तिक ०७८, मध्यपुर । मध्यपुर थिमि ४ स्थित शंखधर उद्यान आईतबार उद्घाटन गरिएको छ । काठमान्डौ महानगरपालिकाका प्रमुख बिद्या सुन्दर शाक्यलगायत उपत्यकाका बिभिन्न नगरपालिकाका नगर प्रमुखहरुले संयुक्त रूपमा रिवन काटेर यो पार्कको उदघाटन गरेका हुन् । मध्यपुर थिमि नगर र काठ्मान्डौ महानगरको संयुक्त लगानीमा यो पर्कको निर्माण गरिएको हो । १३ रोपनी क्षेत्रफलमा फैलिएको शंखधर पार्क मध्यपुर थिमि नगरपालिकाको ४ करोड र काठ्माडौ महानगर पालिकाको रू २ करोड लगानीमा परम्परागत मौलिकता सहितको ढुंगेधारा, एमपी थिएटर र वाटरफल सहित निर्माण गरिएको छ ।
कुनै समय अतिक्रमण र प्रदुषणको कारण र्दुगन्धित र उपेक्षित ठाउँका रूपमा रहेका ेयस स्थानलाई स्थानीय निकायमा जनप्रतिनिधिहरु आई सकेपश्चात पर्यटकिय गन्तव्य बनाउने लक्ष्यका साथ योजना अगाडी बढाईएको जानकारी दिइएको छ ।

२०५६ साल मंसिर २ गते नेपाल संबतका प्रवर्तक शंखधर शाख्वालाई राष्ट्रिय बिभूति घोषणा गरेको दिन नेपाल संबतको कछलाथ्व दशमीका दिन पारी शंखधर शाख्वा दिवश अवसर पारेर शंखधर पार्कको उदघाटन गरीएको हो ।
शंखधर शाख्वाको प्रतिमामा मार्ल्यापण गरीएपश्चात शंखधर पार्कको उदघाटन गरीएको थियो भने पार्क भित्रकै एमपि थिएटर को पनि उद्घाटन गरीएको थियो ।
एमपि थिएटरमा सम्पूर्ण आतिथिहरुका लागि नगदेशको प्रसिद्ध महाकाली नाच प्रस्तुत गरीएको थियो।
कार्यक्रमको क्रममा बोल्नु हुँदै काठ्मान्डौ महानगर पालिकाका प्रमुख बिद्या सुन्दर शाक्यले मध्यपुर थिमि नगरपालिकाको गौरबको आयोजनाको रूपमा रहेको शंखधर पार्कको निर्माणमा साझेदारको रूपमा रहन पाउदा खुशि लागेको बताएका थिए । उनले उपत्यका नगरपालिका फोरम मार्फत एक ले अर्कोलाई सहयोग गर्ने र सिक्ने मौका मिलेको बताउँदै २ करोडको साझेदारीमा मध्यपुर थिमि नगर पालिका संग शंखधर पार्क निर्माण गरीएको बताए ।

काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले आकर्षक एवम कलात्मक रूपमा निर्माण भएको शंखधर पार्क पर्यटकिय गन्तव्यका रुपया बिकास हुनेमा बिश्वास व्यक्त गरिन् ।
शंखधर शाख्वा प्रतिष्ठानका ज्ञानराम श्रेष्ठले नेपाल संबत लाई राष्ट्रिय संबत बनाउने क्रममा भएका संघर्ष र उपलब्धि को चर्चा गर्नुहँदै शंखधर पार्क निर्माणमा नगरपालिकाले देखाएको पहल कदमी र अगुवाईको लागि मध्यपुर थिमि नगरपालिकालाई धन्यबाद दिए ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ७ : ४१ बजे